काठमाडौं । चलचित्र ‘बेहुली’ आगामी भदौ २६ गतेदेखि देशैभरका सिनेमाघरमा प्रदर्शन हुने भएको छ।
काठमाडाैंमा साेमबार एक कार्यक्रम गर्दै निर्माण युनिटले पोस्टर र प्रदर्शन मिति सार्वजनिक गरेको हो । ‘द डिभाइन म्युजिक’ र ‘सम्मान इन्टरटेन्मेन्ट’को ब्यानरमा निर्माण भएको चलचित्रको सार्वजनिक पोस्टरले निकै गहिरो र विद्रोही प्रेमकथाको झल्को दिन्छ। तस्बिरमा अभिनेता पारस बम ठकुरी (कुलब्वाय) को अनुहारमा गम्भीर भाव र सामान्य चोट देखिन्छ भने उनको नाडीमा हतकडी झुन्डिएको हाे। रातो रंगको आकर्षक विवाह पहिरन र गहनामा सजिएकी दिव्या रायमाझीले आँखा चिम्लिएर शान्त मुद्रामा पारसको छातीमा टाउको अडेसाएकी छन्।
निर्माण पक्षले तिजको उल्लासमय माहौल र बेहुलीको मर्मस्पर्शी कथाबिचको संयोजनले दर्शकलाई एउटा फरक सिनेम्याटिक अनुझव दिने वश्विास लिएको हाे। सशान कँडेलको निर्देशन रहेको चलचित्रमा पारस, दिव्या-सुशान्तलाई पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगर लगायतको अभिनय रहेकाे छ । नरेन्द्र मैनालीको क्यामेरा, विकास दाहालको सम्पादन र रोशन श्रेष्ठको एक्सन चलचित्रमा रहेकाे निर्माण युनिटले जनाएकाे हाे ।
चर्चित सङ्गीतकार अर्जुन पोखरेलले निर्माण गरेको चलचित्रमा प्रताप शमशेर राणा निर्माता, कार्यकारी निर्मातामा शंकर कोइराला, रमेश सिलवाल, सह-निर्माता दुर्गा खरेल र शिशिर श्रेष्ठ रहेका छन् । कोसिस राज क्षेत्री र सम्राट क्षेत्री लाइन प्रोड्युसर हुन्। चलचित्र काठमाडौं उपत्यकाभित्र काफिया फिल्म्स र बाहिर श्री व्यंकटेश इन्टरटेन्मेन्टले वितरण गर्ने निर्माण युनिटले जनाएकाे छ ।









प्रतिक्रिया दिनुहोस्