Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


काठमाडौं महानगरका पूर्ण खोप सुनिश्चित महानगर घोषणा


0
Shares

काठमाडाैं । काठमाडौं महानगरपालिका पूर्ण खोप सुनिश्चित महानगर घोषणा भएको छ ।

काठमाडौं महानगरपालिकाले शुक्रबार एक कार्यक्रमकाबीच पूर्ण खोप सुनिश्चित महानगरको रुपमा घोषणा गरेको हो । १२ महिनादेखि २३ महिनासम्मका बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिश्चित भएपछि महानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता महानगर घोषणा गरिएको छ । कार्यक्रममा बोल्दै महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले खोप सबै बालबालिकाको नैसर्गिक अधिकार भएको उल्लेख गर्नुभयो ।

उहाँले खोप कार्यक्रमलाई अगामी दिनमा अझै प्रभावकारी बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभएकाे छ । उहाँले बालबालिकाले आफ्नो स्वास्थ्यसम्बन्धी निर्णय आफैँ गर्न नसक्ने भएकाले राज्य र परिवारले उनीहरूको स्वास्थ्य सुरक्षाको जिम्मेवारी वहन गर्नुपर्ने बताउनुभयो । उहाँले जटिल तथा ज्यानै जान सक्ने रोगबाट बचाउन खोप अपरिहार्य रहेको उल्लेख गर्दै खोप लगाउन यदि कोहीले बालबालिकालाई छुटाएको भए तत्काल स्वास्थ्य केन्द्रमा जान समेत सुझाव दिनुभएकाे छ।

कार्यवाहक प्रमुख डंगोलले खोप अभियानकै प्रभावका कारण पोलियोजस्ता रोगबाट हुने बालमृत्यु उल्लेखनीय रूपमा घटेको बताउँदै अब त्यस्तो जोखिमलाई शुन्यमा झार्ने लक्ष्यतर्फ महानगर अघि बढिरहेको बताउनुभयो । उहाँले बाल मृत्युदर न्यूनिकरण तथा खोप कार्यक्रम सफल बनाउन महिला स्वास्थ्य स्वयंसेविकाले खेलेको भूमिकाको प्रशंसा गर्दै सम्मानसहित धन्यावाद ज्ञापन गर्नुभएकाे छ।