Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


सरकारले सय दिनमा जनताले महशुस हुनेगरी काम गर्न नसकेकाे अध्यक्ष राईकाे टिप्पणी


13
Shares

काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारले आफनो सय दिनमा जनताले महशुस हुनेगरी काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ।

दार्चुलाको दुर्गम गाउँमा झोलुङ्गेपुल उद्घाटन गरी शुक्रबार काठमाडौं फर्किएसँगै उहाँले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मी माझ यस्ताे प्रतिक्रिया दिनुभएको हो । अध्यक्ष राईले सरकारले केही गर्ने कोशिस गरेपनि जनताले महशुस हुनेगरी परिणाम दिन नसकेको दावी गर्नुभयो ।

अध्यक्ष राईले महँगी धेरै बढेकाले त्यसको नियन्त्रण गर्न आफूहरुले सरकारलाई सुझाव दिँदै आएको पनि स्मरण गराउनुभएकाे छ। सरकारले सय दिनमा गरेका कामहरुको जनताले महशुस गरे जस्तो आफ्नो अनुभूति नरहेको अध्यक्ष राईको दावी थियाे ।

अध्यक्ष राईले सरकारले पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य घटाएको भन्दै सरकारको उक्त निर्णयको समर्थन गर्नुभएकाे छ । उहाँले दार्चुला जिल्ला विकट रहेकाले त्यहाँको विकासमा सहभागी हुन पाउँदा आफू खुशी भएको पनि बताउनुभयो ।