Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


देशका सिन्धुपाल्चोक र लमजुङसहित २६ जिल्ला बाढीको जोखिममा (सूचीसहित)

शतर्कता अपनाउन माैसम विभागकाे आग्रह

0
Shares

काठमाडाैं । देशका सिन्धुपाल्चोक र लमजुङसहितका २६ जिल्लामा बाढीको जोखिम रहेकाे छ ।

जल तथा माैसम विज्ञान विभागले बुधबार एक विज्ञप्ति जारी गर्दै काठमाडाैं उपत्यका तीन जिल्लासहित विशेष गरी सिन्धुपाल्चोक, लमजुङ, कास्की, दाङ, बाँके, बर्दिया र कैलालीमा जोखिम रहेकाे जनाएकाे हाे । त्यस्तै, काभ्रे, धादिङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, गोरखा, चितवन, तनहुँ, नवलपरासी–पश्चिम, रुपन्देही, कपिलवस्तु, कञ्चनपुर, डडेलधुरा र आसपासका जिल्ला भई बहने स–साना नदीमा पनि पानीको बहाव उल्लेख्य बढ्ने भएकाे छ। आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको विभागले जनाएकाे हाे ।

मनसुन सक्रिय भएसँगै देशका अधिकांश ठाउँमा पानी परेको छ । मंगलबारदेखि नै शुरु भएको पानी पर्नेक्रम भोलिसम्म नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको हाे । बुधबार दिउँसो देशभर पूर्णतया बादल लागेर कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागका एकरदुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ ।

साथै बिहीबार कोशी र बागमती प्रदेशलगायत देशका धेरैजसो पहाडी क्षेत्रका केही ठाउँमा ठूलो वर्षाको सम्भावना हाे । पानी परेका र पर्ने सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो, डुबान तथा सडक अवरोध जस्ता जोखिम हुने भएकाले आवश्यक सावधानी अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ ।