Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


कोसी प्रदेशसभा बैठकको समय परिवर्तन


78
Shares

विराटनगर । कोसी प्रदेशसभाको मंगलबार दिउँसो १ बजे बस्ने भनिएको बैठकको समय परिवर्तन भएको छ ।

प्रदेशसभाको नवौँ अधिवेशनको १६औँ बैठक असार ११ र १६ गते लगातार तोकिएको समय बस्न नसकेपछि प्रदेश सरकारको अनुरोधमा समय परिवर्तन गरिएको प्रदेशसभा सचिव सुदर्शन खड्काले बताउनुभयाे ।

प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम सभामुख अम्बरबहादुर विष्टले अर्को बैठकका लागि यही असार १८ गते दिउँसो १ बजे बस्ने समय निर्धारण गरेका छन् ।