Logo २९ श्रावण २०८३, शुक्रबार | Sat Aug 15 2026


हुलाक सेवालाई निजी क्षेत्रको सहकार्यमा अघि बढाउने योजना: सञ्चारमन्त्री तिमिल्सिना

हुलाक सेवालाई गर्व गर्न लायक हुनेगरी काम गर्न सम्बन्धित निकायका कर्मचारीलाई निर्देशन

26
Shares

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवालाई पनि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढाउने योजना बनाएको दावी गर्नुभएको छ।

काठमाडौंमा मंगलबार आयोजित हुलाक सेवाको आधुनिकीकरण सम्बन्धि उच्चस्तरीय संवाद कार्यक्रममा बोल्दै उहाँले उक्त स्पष्ट पार्नुभएको हो । सञ्चारमन्त्री तिमिल्सिनाले सरकारी क्षेत्रले निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्दा नै जनतालाई प्रभावकारी सेवा दिन सकिन्छ भन्नेकुरामा सरकार जानकार रहेको बताउनुभयो ।

सञ्चारमन्त्री तिमिल्सिनाले हुलाक सेवालाई पनि सरकारले सार्वजनिक–निजी साझेदारीमा अघि बढाउन चाहेको पनि उल्लेख गर्नुभएकाे छ । सञ्चारमन्त्री तिमिल्सिनाले सरकारले हुलाक सेवाको कामलाई प्राथमिकताका साथ अघि बढाएको र त्यसमा निकै राम्रो प्रगति भएको जिकीर पनि गर्नुभयो । उहाँले हुलाकसँग सम्बन्धित नीतिगत र संरचनामा नै पुनर्संरचना गर्नुपर्ने अवस्था रहेको पनि बताउनुभएकाे छ।

सञ्चारमन्त्री तिमिल्सिनाले हुलाक सेवालाई गर्व गर्न लायक हुनेगरी काम गर्न पनि सम्बन्धित निकायका कर्मचारीलाई निर्देशन दिनुभयो ।