काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले पद तथा गाेपनीयताकाे शपथ ग्रहण बुधबार लिने भएका छन् ।
चितवनको भरतपुरमा गत शुक्रबार सम्पन्न भएको प्रथम महाधिवेशनबाट निर्वाचित ६ पदाधिकारी र ९९ जना केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम बुधबार राखिएको रास्वपाले जनाएकाे हाे । बुधबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय घण्टीघरमा शपथ कार्यक्रम राखिएको छ ।
शपथपछि केन्द्रीय समिति बैठक बोलाउने तयारी रहेकाे रास्वपाले जनाएकाे हाे । केन्द्रीय समिति बैठकमा मनोनित फदाधकिारी र सदस्यहरूकाे बारेमा छलफल हुने भएकाे छ । यहि असार ७ गतेदेखि १२ गतेसम्म चितवनको भरतपुरमा भएको पहिलो महाधिवेशनले सभापतिमा रवि लामिछानेलाई निर्विरोध निर्वाचित गरेको थियो ।
सभापति लामिछानेले भरतपुरमै शपथ लिनुभएकाे थियाे ।









प्रतिक्रिया दिनुहोस्