Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


सवारी कारबाहीका क्रममा राज्यकाेषमा २० लाख २४ हजार ५ सय ६१ रूपैयाँ राजस्व संकलन


13
Shares

काठमाडाैं । ट्राफिक प्रहरीले गत २४ घण्टामा सडक अनुशासन पालना नगर्ने एक हजार ५ सय ९२ सवारीसाधनलाई कारबाही गरेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले साेही सवारीसाधन कारबाही गर्दा राज्यकाेषमा २० लाख २४ हजार ५ सय ६१ रुपैयाँ राजस्व संकलन गरेको हो। ट्राफिक प्रहरीले गत २४ घण्टामा मादक पदार्थ सेवन गरी सवारी चलाउने ७३ जना, राइड सेयरिङ गर्ने ८७ जना, रातो बत्ती पालना नगर्ने ७४ जना, तीव्र गतिमा चलाउने ७८ जना र लेन अनुशासन पालना नगर्ने ४७ जनालाई कारबाही गरिएको जनाएकाे छ ।

त्यस्तै, गाडीमा कालो सिसाको प्रयोग गर्ने ८७ जना, नो हर्नमा ५६ जना, एकतर्फी बाटो भएको ठाउँमा सवारी लैजाने ३२ जना र अन्य कसुरमा एक हजार ५८ जनालाई कारबाही गरिएकाे ट्राफिक प्रहरीले बताउकाे हाे ।

ट्राफिक कार्यालयको टोलीले उपत्यकाभित्र ट्राफिक अनुशासन पालना नगर्ने सवारीसाधनलाई तीव्र रूपमा कारबाही गर्दै आएको छ।