Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


एउटै मञ्चमा चार पूर्वप्रधानमन्त्री ओली, प्रचण्ड,माधव र झलनाथ


910
Shares

काठमाडौं । चार पूर्वप्रधानमन्त्री आइतबार एउटै मञ्चमा देखिनुभएकाे छ ।

जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा असार १४ गते काठमाडौंको राष्ट्रिय सभागृह गोष्ठीमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार र नेकपाका नेता झलनाथ खनाल एउटै मञ्चमा उपस्थित हुनुभएकाे हाे ।

कार्यक्रमको प्रमुख अतिथि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी हुनुहन्छ । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा यी चार पूर्वप्रधानमन्त्री एउटै मञ्चमा देखिनुभएकाे हाे ।

फागुन २१ को प्रतिनिधि सभा निर्वाचनपछि कमजोर बनेको कम्युनिस्ट सहकार्यलाई पुनः संवादको वातावरण बनाउन मदन भण्डारी फाउण्डेशनको कार्यक्रम साझा मञ्चका रूपमा देखिएको चर्चा पनि कार्यक्रममा गरिएको छ।