१९ भाद्र २०८२, बिहिबार | Thu Sep 4 2025


सूचनाको हक लोकतन्त्रसँग प्रत्यक्ष सम्बन्धित : प्रधानन्यायाधीश


0
Shares

काठमाडौं, असोज १२ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले सूचनाको हकप्रति नागरिकको आकर्षण र चासो तुलनात्मकरुपमा वृद्धि भएको बताएका छन् ।

सूचनामा सर्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश मिश्रले सूचनाको हक लोकतन्त्रसँग प्रत्यक्ष सम्बन्धित रहेको बताए ।

कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले सम्पूर्ण सार्वजनिक निकायलाई नागरिकको सूचनाको हकको सुनिश्चितता गर्न आयोगले निर्देशन दिएको जानकारी दिए ।

प्रधानन्यायाधीश मिश्रले शुक्रबारै विभागको नवनिर्मित इजलासको उद्घाटन गर्नुका साथै सूचनाको हक सुनिश्चित गर्न योगदान दिएकालाई सम्मान गरे ।

कार्यालय तथा सूचना अधिकारीतर्फ चारजना, सूचनाको हकका अभियन्तातर्फ सातजना र आयोगका उत्कृष्ट कर्मचारीतर्फ दुईजनालाई सम्मान गरिएको थियो ।