काठमाडाैं । नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मूल्य बढेको छ।
आइतबार तोलामा एक हजार दुई सय रूपैयाँले बढेको सुनको मूल्य साेमबार प्रतितोला पाँच हजार रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले साेमबार सुन प्रतितोला दुई लाख ९८ हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ। आइतबार सुन प्रतितोला दुई लाख ९२ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी आइतबार प्रतितोला चार हजार आठ सय ९५ रूपैयाँमा कारोबार भएको थियाे । तर साेमबार चाँदी तोलामा पाँच हजार १५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य आइतबारको तुलनामा प्रतितोला एक सय २० रूपैयाँले बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा साेमबार सुन प्रतिऔंस चार हजार तीन सय २९ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।









प्रतिक्रिया दिनुहोस्