काठमाडाैं । परराष्ट्रमन्त्री शिशिर खनाल नेपाली प्रतिनिधिमण्डलकाे नेतृत्व गर्दै आइतबार चीन भ्रमणमा जानुहुने भएकाे छ।
हालै भारतको तीन दिने भ्रमण सकेर फर्किएका मन्त्री खनाल चार दिने भ्रमणका लागि आइतबार चीन जान लाग्नुभएको हो ।परराष्ट्र मन्त्रालयले चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा मन्त्री खनाल चीन जान लाग्नुभएको जनाएकाे छ । मन्त्रालयले मन्त्री खनालले बेइजिङमा साेमबार आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्नुहुने जनाएकाे हाे । साथै नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ पार्न र आपसी सहयोगलाई अगाडि बढाउने पारस्परिक हितका विषयमा छलफल केन्द्रित हुने भएकाे छ।
मन्त्री खनालले चीनका उच्चस्तरीय विशिष्ट व्यक्तिसँग पनि भेट गर्नुहुने भएकाे हाे । भ्रमणको क्रममा मन्त्री खनालले नेपालमा विदेशी लगानी प्रवर्द्धन गर्न बेइजिङमा रहेको नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा भाग लिनुहुनेछ । उहाँले चिनियाँ व्यापारिक समुदायसँग पनि अन्तरक्रिया गर्नुहुनेछ । परराष्ट्रमन्त्री खनालको सम्मानमा नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा साेत सहभागी हुनुहुने भएकाे हाे । नेपाली समुदायसँग अन्तरक्रिया गर्नुहुने मन्त्रालयले जनाएकाे छ ।
मन्त्री खनाल आगामी असार ३ गते स्वदेश फर्कनु हुने कार्य तालिका रहेकाे मन्त्रालयले जनाएकाे हाे । यसअघि मन्त्री खनालले यहि जेठ २२ देखि २४ गतेसम्म तीन दिन भारत भ्रमण गर्नुभएको थियो । नेपाली भूमि लिपुलेक क्षेत्रबाट भारत र चीनले व्यापारिक मार्ग खोलेको विषय चीन भ्रमणका बेला नेपालको तर्फबाट एजेण्डा बन्न सक्ने अनुमान गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्