काठमाडाैं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीचकाे विद्यमान सीमा विवाद कूटनीतिक ढंगले टुंग्याउने दावी गर्नुभएकाे छ ।
परराष्ट्रमन्त्री खनाल भारतको आफ्नो तीन दिनको औपचारिक भ्रमण सकेर आइतबार राति स्वदेश फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्ताे दावी गर्नुभएकाे हाे । भ्रमण उपलब्धिमूलक भएकाे जिकर गर्नुभएकाे छ । भारतीय विदेशमन्त्री एस जयशंकर विभिन्न क्षेत्रमका आपसी सहकार्य, कुटनीति एवं सीमा सम्बन्धी विषयमा छलफल भएको समेत उल्लेख गर्नुभयो ।
मन्त्री खनालले नेपाल र भारतबीच विद्यमान सीमा विवाद समाधान गर्न दुवै देशका संयन्त्रहरुले काम गर्न थालेको समेत जिकिर गर्नुभएकाे छ। सीमासँग सम्बन्धित विषयलाई कूटनीति र अहिले भइरहेका संयन्त्रमार्फत समाधान गर्ने भन्ने पहिलेदेखिकै पोजिसन रहेकाे बताउनुभयाे। अहिले सोही ढंगले संयन्त्रले काम गरिरहेकाे र कूटनीतिक ढंगबाट समाधान गर्ने भन्ने ढंगमा छलफल भएकाे बताउनुभएकाे छ ।
नेपाल–भारत सम्बन्धलाई व्यवहारिक र प्रविधिमैत्री बनाउने दिशामा ठोस प्रगति भएको बताउनुभयो । उहाँले भ्रमणका क्रममा सन् २०२३ मा नेपाल क्लियरिङ हाउस लिमिटेड र भारतको नेशनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डियाबीच भएको समझदारी अनुसार व्यक्तिदेखि व्यक्तिसम्म हुने सीमापार भुक्तानी कारोबारको पूर्ण सञ्चालन शुरु गरिएको गर्ने आपसी समझदारी भएको बताउनुभएकाे छ ।
मन्त्री खनालले भारत सरकारको विकास सहायतामा महाभूकम्पपछिको पुनर्निर्माण कार्यक्रमअन्तर्गत निर्माण सम्पन्न भएका ७२ स्वास्थ्य संस्था र १२ साँस्कृतिक सम्पदा पुनर्निर्माण परियोजना औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको समेत बताउनुभयो । उहाँले प्रविधिको क्षेत्रमा काठमाडौं विश्वविद्यालयको स्कूल अफ इन्जिनियरिङअन्तर्गतको सेन्टर फर डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर र भारतको डिजिटल इण्डिया भाषिनी डिभिजनबीच ‘भ्वाइस फस्र्ट’ भाषा अनुवाद मञ्च विकासका लागि राष्ट्रिय डिजिटल सार्वजनिक पूर्वाधार सहनिर्माण गर्ने सम्झौतापत्र आदानप्रदान गरिएको समेत बताउनुभएकाे छ ।
मन्त्री खनालले भैरहवास्थित गौतमबुद्ध विमानस्थल सञ्चालनको विषयमा समेत छलफल भएको उल्लेख गर्नुभयाे । छिट्टै प्राविधिक समितिको बैठक बस्ने जानकारी समेत दिनुभएकाे छ। मन्त्री खनाल भारतीय विदेशमन्त्री जयशंकरको निमन्त्रणामा गत शुक्रबार भारत भ्रमणमा जानुभएको हो ।










प्रतिक्रिया दिनुहोस्