काठमाडाैं । नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा लक्ष्यको करिब ६८ प्रतिशत बढी राजस्व संकलन गरेको छ ।
चालु आर्थिक वर्ष २०८२/८३ काे गत वैशाख मसान्तसम्म १६ अर्ब ७३ करोड ९७ लाख ५९ हजार अर्थात् लक्ष्यको ६८ दशमलव २ प्रतिशत असुली भएको भन्सार कार्यालयले जनाएकाे हाे । चालु आर्थिक वर्ष २०८२/८३ का लागि वार्षिक लक्ष्य २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार निर्धारण गरिएकाे कार्यालयले जानकारी गराएकाे छ । लक्ष्य पूरा गर्न बाँकी रहेका दुई महिनामा ३२ प्रतिशत राजस्व संकलन गर्नुपर्ने चुनौती रहेकाे कार्यालयले जनाएकाे हाे ।
कार्यालयको मासिक लक्ष्य अुनसार हालसम्म कुनै पनि महिनामा राजस्व संकलन हुन नसकेको ठहर छ। तर पछिल्लो दुई महिना चैत र वैशाखमा भने राजस्व संकलन बढेको छ । चालु वर्षको साउन, भदौ, असोज, कात्तिक, मङ्सिर, पुस र माघमा क्रमशः लक्ष्यको ७४, ६९, ८७, ७२, ८३, ८३ र ८८ प्रतिशतमात्र राजस्व असुली भएको हाे। गत वर्ष २०८१/८२ मा नेपालगन्ज भन्सारले लक्ष्यको ७४ दशमलव ६४ प्रतिशत राजस्व संकलन गरेको थियो ।साथै २०८०(८१ मा ६३ दशमलव ३५ प्रतिशत राजस्व संकलन गरेको कार्यालयले जनाएकाे छ।
नेपाल–भारत सीमाको जमुनाहनाकामा एकीकृत जाँचचौकी सञ्चालनमा आएपछि आयातनिर्यात वृद्धि भई भन्सार राजस्व वृद्धि हुने अपेक्षा गरिए पनि केही वर्षयता लक्ष्य पूरा हुन नसकेको कार्यालयले जानकारी गराएकाे हाे ।










प्रतिक्रिया दिनुहोस्