Logo २१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026


भन्सार छली गरेको आशंकामा ७ सय ७४ विद्युतीय गाडी प्रहरीको नियन्त्रणमा


0
Shares

काठमाडाैं । सशस्त्र प्रहरी बल नेपालले मुस्ताङको कोरोला नाकाबाट भित्रिएका ७ सय ७४ वटा विद्युतीय गाडी नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बलले भन्सार छली गरेको आशंकामा मुस्ताङको जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट बुधबार राति साेही गाडीहरू नियन्त्रणमा लिएको हो । त्यसैगरी नुवाकोटको पासाङल्हामु सडक खण्डबाट समेत २ वटा गाडी नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएका गाडीहरू आवश्यक अनुसन्धानको लागि सम्बन्धित निकायमा बुझाउने तयारी भएकाे बताएकाे हाे ।