Logo १८ जेष्ठ २०८३, सोमबार | Mon Jun 1 2026


बागमती र गण्डकीसहित-६ प्रदेशमा आज पनि वर्षा हुँदै


13
Shares

काठमाडाैं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायू र पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक रहेको न्यून चापीय रेखाको प्रभाव रहेको छ ।

साेमबार बिहान कर्णाली र सुदूरपश्चिम, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लागेको हाे । साथै बाँकी तराई आंशिक बादल लागेको छ। कोशी, बागमती, कर्णाली गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भईरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे ।

त्यस्तै, सोमबार दिउँसो भने देशको हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल र तराई भू-भागमा आंशिक बादल लाग्ने भएकाे छ। कर्णाली, सुदुरपश्चिम, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका  पहाडी तथा हिमाली-तराई भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे हाे ।

त्यस्तै, साेमबार राति भने देशको हिमाली भू-भागमा साधारणतया बादल र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ । तराई भू-भागमा मुख्यतया सफा रहने छ।  सुदूरपश्चिम, कर्णाली, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी तथा हिमाली भू-भागका केही स्थानमा  हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनााएकाे हाे ।