Logo २५ श्रावण २०८३, सोमबार | Tue Aug 11 2026


देशैभर दर्ता भएका गाडीकाे संख्या ६२ लाख ४९ हजार नाघ्याे


26
Shares

काठमाडाैं । अर्थ मन्त्रालयले देशैभर दर्ता भएका गाडीकाे सङ्ख्या ६२ लाख भन्दा माथि पुगेकाे जनाएकाे छ।

मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार चालू आर्थिक वर्ष फागुन मसान्तसम्म कूल गाडीको सङ्ख्या ६२ लाख ४९ हजार ७ सय ३२ पुगेको हाे । चालू आर्थिक वर्षकाे फागुन मसान्तसम्म मात्रै २ लाख ८१ हजार ९ सय २१ वटा दर्ता भएका थिए । दर्ता भएका गाडी मध्ये ५० लाख भन्दा बढी मोटरसाइकल रहेका छन् ।

त्यसैगरी फागुन मसान्तसम्म ४१ लाख १४ हजार १ सय ८१ वटा सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) जारी भएको छ । त्यसमध्ये चालू आर्थिक वर्षकाे ८ महिनासम्म ४३ हजार ७ सय ५० थान सवारी चालक अनुमतिपत्र जारी भएको थियो । चालू आर्थिक वर्षको पहिलाे ८ महिनामा ८७ हजार १४ थान इम्बोस्ड नम्बर प्लेट उत्पादन भएका छन् । जसमध्ये ५ हजार १ सय ८६ थान जडान भएका हुन् ।

गत फागुन मसान्तसम्म ८ लाख ३१ हजार ५९ थान इम्बोस्ड नम्बर प्लेट उत्पादन भएकामा ८८ हजार ३ सय ४० थान जडान भएका छन् । इम्बोस्ड सवारी नम्बर प्लेट जडान सम्बन्धी निर्देशिका २०८१ अनुसार नम्बर प्लेट जडान भइरहेको मन्त्रालयले जनाएकाे हाे ।