Logo १७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026


पीएसजी जित्याे आर्सनलाई पराजित गर्दै लगातार दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि

इंग्लिस क्लब आर्सनल भने ४-३ गोल अन्तरले पराजित

0
Shares

काठमाडाैं । फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेइन (पीएसजी) ले लगातार दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ ।

हंगेरीको बुडापेस्टमा रहेको पुस्कास एरेना रङ्गशालामा शनिबार राति भएको खेलमा पीएसजीले इंग्लिस क्लब आर्सनललाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित गर्दै उपाधि जितेको हो । निर्धारित र अतिरिक्त समयसम्म खेल १–१ गोलको बराबरीमा सकिएपछि उपाधिको टुङ्गो पेनाल्टीमार्फत भएको थियो ।

खेलको छैठाैं मिनेटमै काई हाभेट्र्जले गोल गर्दै आर्सनललाई शुरुवाती अग्रता दिलाएका थिए । दोस्रो हाफको ६५औं मिनेटमा ओस्मान डेम्बेलेको पेनाल्टीमार्फत पिएसजीले बराबरी गोल फर्काएकाे हाे ।

युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगमा गत वर्ष इन्टर मिलानलाई पराजित गर्दै उपाधि जितेको पिएसजीले यस वर्ष पनि उपाधि जित्न सफल भएकाे छ ।