Logo १२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026


इरानले जित्याे काभा महिला भलिबल च्याम्पियनशिपको उपाधि

काजकिस्तान भने ३–१ को सेटले पराजित

26
Shares

काठमाडाैं । इरानले काजकिस्तानलाई पराजित गर्दै काभा महिला भलिबल च्याम्पियनशिपको उपाधि जितेको छ ।

त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शुक्रबार भएको फाइनल खेलमा इरानले काजकिस्तानलाई ३–१ को सेटमा पराजित गरेकाे हाे । गत संस्करणको उपाधि पनि इरानले जितेको थियो । इरानले पहिलो सेट २५–१८, तेस्रो २५–१५ र चोथौ सेट २५–२१ ले जित्यो । काजकिस्तानले दोस्रो सेट २५–१९ ले जितेकाे हाे ।

यो जितसँगै विजेता बनेको इरानले स्वर्ण र उपविजेता बनेको काजकिस्तानले रजत पदक जितेको छ ।