काठमाडौं । सरकारले कर्मचारीहरूको तलब करिब २१ प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ ।
अर्थमन्त्री स्वर्णिम वाग्ले ले संघीय संसद्मा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै कुल मिलाएर २१ प्रतिशत तलब वृद्धि हुने जानकारी दिए ।
बजेटअनुसार महँगी भत्ता यथावत राख्दै आधारभूत तलबमा १० प्रतिशत वृद्धि गरिएको छ भने थप १० प्रतिशत मासिक प्रोत्साहन भत्ता उपलब्ध गराइनेछ ।
सरकारले महँगी भत्ता कायम राख्ने निर्णय पनि गरेको छ ।
नयाँ व्यवस्थाअनुसार कर्मचारीको तलब न्यूनतम करिब ४० हजार रुपैयाँदेखि अधिकतम १ लाख रुपैयाँभन्दा बढी हुने व्यवस्था गरिएको बजेटमा उल्लेख छ ।










प्रतिक्रिया दिनुहोस्