काठमाडाैं । उज्यालो नेपाल पार्टी (उनेपा)र हाम्रो नेपाल पार्टीबीच औपचारिक रूपमा एकता भएको छ ।
उनेपाका अध्यक्ष कुलमान घिसिङले एक कार्यक्रमकाबीच दुई पार्टीबीच एकताको सहमति भएको घोषणा गर्नुभएको हो । पार्टी केन्द्रीय कार्यालय त्रिपुरेश्वरमा शुक्रबार एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले हाम्रो नेपाल पार्टीका नेता तथा कार्यकर्तालाई आफ्नो पार्टीमा स्वागत गर्नुभयो । उहाँले उनेपालाई देशको बलियो वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित गर्न विभिन्न दलहरूसँग एकता प्रक्रिया अगाडि बढाइएको जानकारी गराउनुभएकाे छ।
यसअघि उनेपाले राष्ट्रिय परिवर्तन पार्टीसँग पनि एकता गरिसकेको छ । अध्यक्ष घिसिङले अहिले अन्य धेरै राजनीतिक दल, बुद्धिजीवी तथा विभिन्न पेशा र व्यवसायमा आवद्ध व्यक्तिहरू उनेपामा समाहित हुने क्रममा रहेकाे बताउनुभयाे ।










प्रतिक्रिया दिनुहोस्