काठमाडाैं । ७३ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा शुक्रबार राजधानीमा प्रभातफेरी गरिएको छ ।
सगरमाथा दिवसको उपलक्ष्यमा शुक्रबार बिहान काठमाडौंमा प्रभातफेरी तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो । सगरमाथा आरोहणको ऐतिहासिक गौरवलाई स्मरण गर्दै आयोजित उक्त कार्यक्रममा सरोकारवाला निकायका प्रतिनिधि तथा पर्यटन व्यवसायीहरूको सहभागिता रहेको छ ।
कार्यक्रममा सहभागीहरूले एक–अर्कामा शुभकामना आदानप्रदान गर्दै सगरमाथाको महत्व र यसले नेपालको पहिचानमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।










प्रतिक्रिया दिनुहोस्