काठमाडौं । गणतन्त्र दिवस सैनिक मञ्च टुँडिखेलमा शुक्रबार विशेष समारोहको आयोजना गरी मनाइएको छ ।
उक्त समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा,सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालको उपस्थिति रहेको हाे । गणतन्त्र दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा मन्त्रीगण तथा नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरूको समेत सहभागिता रहेको थियो ।
समारोहमा विभिन्न औपचारिक गतिविधिहरूसहित गणतन्त्र दिवसलाई भव्य रूपमा मनाइएको छ ।










प्रतिक्रिया दिनुहोस्