Logo १४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026


नेपाल टेलिकमले ल्यायो गणतन्त्र दिवसको अवसरमा विशेष अफर

एक महिनासम्म अनलिमिटेड डाटा चलाउन पाइने

26
Shares

काठमाडौं। नेपाल टेलिकमले ल्यायो गणतन्त्र दिवस २०८३ को अवसरमा विशेष अफर ल्याएकाे छ।

टेलिकमले आफ्ना प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकहरूका लागि विशेष ‘गणतन्त्र दिवस अफर २०८३’ सार्वजनिक गरेको हाे । टेलिकमले साेही अफर अन्तर्गत ‘अनलिमिटेड लाइट’ र ‘अनलिमिटेड प्रो’ गरी दुई प्रकारका डाटा प्याकेजहरू उपलब्ध गराउने भएको छ। टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले ‘अनलिमिटेड लाइट’ प्याकेज अन्तर्गत ग्राहकले ४ सय ९९ रुपैयाँमा प्रतिदिन ५ जीबी डाटा प्राप्त गर्ने बताउनुभयाे । उक्त ५ जीबीको दैनिक सीमा सकिएपछि पनि बाँकी समय २ एमबीपीएसको गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ ।

त्यस्तै, ‘अनलिमिटेड प्रो’ प्याकेज अन्तर्गत ६ सय ९९ रुपैयाँमा प्रतिदिन १० जीबी डाटा उपलब्ध हुने टेलिकमले जनाएकाे हाे । १० जीबीको लिमिट सकिएपछि ३ एमबीपीएसको गतिमा अनलिमिटेड डाटा चलाउन पाइनेछ । यी दुवै प्याकेजहरूको समयावधि ३० दिनको रहने टेलिकमले जनाएको हाे । यो अफर जेठ १४ गते बिहीबारदेखि आगामी जेठ १६ गतेसम्म मात्र खरिद गर्न सकिनेछ । पोस्टपेड मोबाइल प्रयोगकर्ताहरूले लिएको फ्याकेजको शुल्क मासकि रेन्टल चार्जमै समावेश गरनिे टेलकिमले जनाएको हाे ।

इच्छुक ग्राहकहरूले यहि जेठ १४ देखि १६ गतेसम्म आफ्नो मोबाइलबाट ८१४१५८ ११३ डायल गरेर वा नेपाल टेलिकमको आधिकारिक एपमार्फत यो प्याकेज खरिद गर्न सक्ने टेलिकमले जानकारी गराएकाे छ ।