एजेन्सी । भारतलाई उछिन्दै ताइवान विश्वको पाँचौं ठूलो शेयर बजार बनेको छ ।
विश्वको सबै भन्दा ठूलो चिप उत्पादन गर्ने कम्पनी ‘ताइवान सेमीकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी’ (टीएसएमसी) को शेयरमा भएको तीव्र वृद्धिका कारण ताइवान विश्वको पाँचौँ ठूलो शेयर बजार बनेको ब्लूमबर्गले जनाएको हाे । यस वर्ष टीएसएमसीको शेयर ४९ प्रतिशतले बढेको छ ।
जसले कृत्रिम बुद्धिमत्ता अर्थात् एआईमा लगानी बढाएको हाे। तर भारत भने बढ्दो ऊर्जा लागत, कर्पोरेट नाफामा सुस्त वृद्धि र एआईको क्षेत्रमा विशेषज्ञता भएका कम्पनीहरूको अभावसँग संघर्ष गरिरहेको छ । ब्लूमबर्गका अनुसार ताइवानको शेयर बजार पूँजीकरण ४९ खर्ब ५० अर्ब अमेरिकी डलर पुगेको हाे । अहिले भारतको शेयर बजार पूँजीकरण ४९ खर्ब २० अर्ब डलर छ ।
विश्वको सबै भन्दा ठूलो शेयर बजार अमेरिका हो । त्यसपछि चीन, जापान र हङकङ रहेका छन् । रोचक कुरा के छ भने शीर्ष पाँच मध्ये तीनमा चीन, हङकङ र ताइवान हुन् । हङकङ चीनको एक स्वायत्त क्षेत्र हो । चीनले ताइवानलाई पनि आफ्नो क्षेत्रको हिस्सा मान्दछ ।
शेयर बजार मूल्यांकन वा बजार पूँजीकरण भनेको शेयर बजारमा सूचीवद्ध सबै कम्पनीहरूको कूल बजार पूँजीकरणको समग्र मूल्य हो ।










प्रतिक्रिया दिनुहोस्