काठमाडाैं । मुस्ताङ हुँदै चीनको सिमाना कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गतको म्याग्दी खण्ड अवरुद्ध छ ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ माथिल्लो बैसरी (सिरुवारी)मा पहिरो खसेपछि बुधबार बिहानदेखि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा अवरुद्ध भएकाे हाे । सडक अवरुद्ध हुँदा बेनीदेखि मुस्ताङतर्फ र जोमसोमदेखि बेनीतर्फ चल्ने गाडीबीच बाटोमै रोकिएका छन् ।
स्थानीयवासीको साथै मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शनका लागि जाने पर्यटक र तीर्थयात्रीहरू प्रभावित भएका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीले सडक विभाग र बेनी–जोमसोम–कोरला सडक योजनासँग समन्वय गरेर अवरुद्ध सडक खुलाउन उपकरण परिचालन गरिएको जनाएकाे हाे । पानी पर्ने बित्तिकै सिरुवारी क्षेत्रमा पहिरो खस्ने समस्या दोहोरिने गरेको छ ।










प्रतिक्रिया दिनुहोस्