काठमाडौं । सम्पति शुद्धीकरणको मुद्धा खेपिरहेका व्यावसायी ज्ञानेन्द्रलाल प्रधानमाथि सार्वजनिक जग्गा अतिक्रमण गरको आरोप समेत लागेको छ ।
काठमाडौंको नागार्जुन नगरपालिका क्षेत्रमा प्रधानको समूहले गरेको प्लटिङका क्रममा सार्वजनिक जग्गा, राजकुलो र गोरेटो बाटो अतिक्रमण भएको हो । स्थानीयहरुका अनुसार प्रधानको समूहले डाँडापौवा क्षेत्रका विभिन्न कित्तासँग जोडिएका सार्वजनिक संरचना हडप्ने प्रयास जारी राखेको छ ।
व्यावसायी प्रधानले नागार्जुन नगरपालिका, डाँडापौवा ५ (क) स्थित ८२०, ८२३, ८६६, ८६७ समेतका जग्गाहरूसँग जोडिएका राजकुलो, सार्वजनिक जग्गा र चलनचल्तीका बाटाहरूसमेत हडप्ने क्रम जारी राखेको स्थानीयहरुले आरोप लगाएका छन् ।
यी जग्गाका कित्ताहरू प्रधानकी श्रीमती विमला श्रेष्ठ प्रधानको नाममा दर्ता भएको पाइएको छ भने यी जग्गाहरू सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले रोक्का राख्दै आइरहेको छ । उनीहरुले नागार्जुन नगरपालिका र नापी कार्यालय स्युचाटारको मिलेमतोमा सरकारी तथा सार्वजनिक जग्गा धमाधम हडप्ने काम गर्दा पनि बालेन नेतृत्वको सरकार, गृह मन्त्रालय र प्रहरी प्रशासनले आवश्यक कारबाही गर्न सकेको छैन ।










प्रतिक्रिया दिनुहोस्