Logo ७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026


एआईको बढ्दो प्रभाव : अवसरसँगै चुनौती पनि थपिँदै


0
Shares

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गर्दा यसले केवल सूचना दिने मात्र होइन, प्रयोगकर्ताका प्रश्नबाट आफैँ पनि सिक्दै जाने गरेको प्रविधि सम्बन्धीका अध्येता निकेश बलामीले बताएका छन् ।

मिडिया एड्भोकेसी ग्रुप (म्याग) र ‘टेवा’ को आयोजनामा बिहीबार ललितपुरमा आयोजित ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई) : अवधारणा, चुनौती र अवसरहरु’  विषयक कार्यक्रममा प्रशिक्षक समेत रहेका बलामीले यस्ताे बताएका हुन् । 

प्रशिक्षक बलामीले हाल लेखन र अनुसन्धानमा विशेषगरी गुगल जिमिनी, च्याटजिपीटी, गुगल ट्रान्सलेसन/डीप एप, क्लड, गुगल नोटबुक एल. एम. प्रयोग हुँदै आएका जानकारी दिएका छन् ।

तर, एआईका कारण केही क्षेत्रमा रोजगारी घट्ने सम्भावना पनि बढेको छ । साथै नक्कली भिडियो, गलत सूचना फैलिने र पक्षपात हुने समस्या पनि देखिन थालेको बताइएको छ । म्यागकी अध्यक्ष अनिता बिन्दुले एआईका अवसर सदुपयोगसँगै चुनौती व्यवस्थापनका लागि सीप विकास आवश्यक रहेको बताइन् ।

कार्यक्रममा सुरक्षा निकायका महिला कर्मचारी, राजनीतिकर्मी, पत्रकार तथा विभिन्न पेशामा आवद्ध व्यक्तिहरूको सहभागिता रहेको थियो ।