Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


प्रतिनिधि सभा विघटनको सुनुवाइ स्थगित


1.9k
Shares

काठमाडाैं । प्रतिनिधि सभा विघटनकाे सुनुवाइ स्थगित भएकाे छ । प्रधानन्यायाधीश नियुक्त भएपछि बुधबार बस्दै आएको संवैधानिक इजलास नबसेपछि स्थगित भएको हो।

सपना प्रधान मल्ल कायममुकायम प्रधानन्यायधीश रहँदा सोमबार र बुधबार संवैधानिक इजलास बस्दै आएको थियो।

आजका लागि तोकिएको प्रतिनिधि सभा विघटनका २० वटा रिट स्थगित सूचीमा राखिएको हो। सर्वोच्चका प्रवक्ता एवं सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले संवैधानिक इजलास नबसेकाले स्थगित भएको बताएका छन् ।