Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


अस्ट्रेलियाको बिग बाश लिगको उद्घाटन खेल भारतमा हुने


130
Shares

काठमाडाैं । अस्ट्रेलियाको बिग बाश लिग (बीबीएल) २०२६–२७ को उद्घाटन खेल आगामी डिसेम्बरमा भारतको चेन्नईमा आयोजना गर्ने तयारी भएको छ ।

बीबीएलको आगमी १६औं संस्करणको उद्घाटन खेल चेन्नईको एमए चिदम्बरम रङ्गशालामा हुने तयारी भएको क्रिकेट सम्बन्धी जानकारी दिने वेबसाइट क्रिकइन्फोले जनाएको हाे। क्रिकेट अस्ट्रेलियाले गत फेब्रुअरीमा चेन्नईको मैदानलाई सम्भावित स्थलका रूपमा पहिचान गरेको थियो ।

लगत्तै तमिलनाडु क्रिकेट संघ (टीएनसीए) र भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) सँगको सकारात्मक छलफलपछि चेन्नईमा बीबीएलको उद्घाटन खेल आयोजना गर्ने योजना अघि बढेको हाे । साेमबार क्रिकेट अस्ट्रेलियाको पाँच सदस्यीय टोली चेन्नईको मैदान निरीक्षणका लागि पुगेको थियो ।

यद्दपि चेन्नईमा हुने बीबीएलको उद्घाटन खेलमा कुन टोलीबीच प्रतिस्पर्धा हुने भन्ने टुङ्गो लागेको छैन । सिड्नी थन्डर, मेलबर्न स्टार्स, मेलबर्न रेनेगेड्स लगायतका टोलीहरू इच्छुक देखिएका छन् ।

सरकारी तहमा छलफल बाँकी नै रहेकाले उद्घाटन खेलको मिति घोषणा हुन भने समय लाग्ने क्रिकेट अस्ट्रेलियाले जनाएककाे हाे ।