Logo ४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026

स्कटल्यान्डमाथि नेपालको सानदार जित, पाँचौँ स्थानमा उक्लियो नेपाल

0
Shares

आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेलमा नेपालले स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार सम्पन्न खेलमा ललित राजवंशीको घातक बलिङ र कप्तान रोहित पौडेलको अविजित अर्धशतकको मद्दतले नेपालले ७१ बल बाँकी छँदै सहज जित दर्ता गरेको हो।

स्कटल्यान्डले प्रस्तुत गरेको १९५ रनको लक्ष्य नेपालले ३८.१ ओभरमा मात्र ४ विकेट गुमाएर १९९ रन बनाउँदै पूरा गर्‍यो। नेपालको जितमा कप्तान रोहित पौडेल र इशान पाण्डेको ब्याटिङ तथा ललित राजवंशीको बलिङ मुख्य आधार बन्यो।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्ड ३९.१ ओभरमा १९४ रनमा समेटिएको थियो। स्कटल्यान्डलाई सस्तैमा रोक्न ‘प्लेयर अफ द म्याच’ ललित राजवंशीले उत्कृष्ट प्रदर्शन गरे।

उनले ८ ओभर बलिङ गर्दै मात्र ३२ रन खर्चेर ४ महत्त्वपूर्ण विकेट लिए। ललितलाई सन्दीप लामिछानेले बलियो साथ दिए। सन्दीपले १० ओभरमा ४७ रन खर्चेर ३ विकेट चट्काए।

त्यस्तै सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले १-१ विकेट हात पारे। नन्दनले ४.१ ओभरमा मात्र १७ रन खर्चेर कसिलो बलिङ गरे।

स्कटल्यान्डका लागि ब्रान्डन म्याकमुलनले आक्रामक ब्याटिङ गर्दै ४४ बलमा ७३ रन जोडे। उनले ६ चौका र ६ छक्का प्रहार गरेका थिए।

त्यस्तै, माइकल इङ्लिसले ७२ बलमा ५१ रनको योगदान दिए। ओपनर जर्ज मुन्सेले २१ र मार्क वाटले २० रन बनाए पनि अन्य ब्याटर नेपाली बलरसामु टिक्न सकेनन्।

कप्तान रिची बेरिङ्टन १२ रनमा ललितको बलमा बोल्ड भए।

१९५ रनको लक्ष्य पछ्याएको नेपालको सुरुवात राम्रो रह्यो। ओपनर आसिफ शेखले १७ बलमा २९ रनको भुमरी इनिङ्स खेले भने कुशल भुर्तेलले २७ बलमा २८ रन जोडे। कुशल २ चौका र १ छक्का प्रहार गर्दै एलबीडब्लू धरापमा परेका थिए।

तेस्रो विकेटका लागि कप्तान रोहित पौडेल र इशान पाण्डेले शतकीय साझेदारी गर्दै जितको आधार तयार पारे। इशानले ६१ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ५५ रन बनाए।

कप्तान रोहितले संयमित ब्याटिङ गर्दै ९८ बलमा ५ चौका र २ छक्काको सहयोगमा अविजित ७४ रनको योगदान दिए। दीपेन्द्र सिंह ऐरी २ रनमा आउट भए भने आरिफ शेख ८ रनमा अविजित रहे।

स्कटल्यान्डका तर्फबाट मार्क वाटले १० ओभरमा ५८ रन खर्चेर २ विकेट लिए भने ब्रान्डन म्याकमुलनले ३ ओभरमा ५ रन खर्चेर १ विकेट लिए। ब्राड कुरी, ओलिभर डेभिडसन र माइकल लीस्क विकेटविहीन बने।आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेलमा नेपालले स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार सम्पन्न खेलमा ललित राजवंशीको घातक बलिङ र कप्तान रोहित पौडेलको अविजित अर्धशतकको मद्दतले नेपालले ७१ बल बाँकी छँदै सहज जित दर्ता गरेको हो।

स्कटल्यान्डले प्रस्तुत गरेको १९५ रनको लक्ष्य नेपालले ३८.१ ओभरमा मात्र ४ विकेट गुमाएर १९९ रन बनाउँदै पूरा गर्‍यो। नेपालको जितमा कप्तान रोहित पौडेल र इशान पाण्डेको ब्याटिङ तथा ललित राजवंशीको बलिङ मुख्य आधार बन्यो।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्ड ३९.१ ओभरमा १९४ रनमा समेटिएको थियो। स्कटल्यान्डलाई सस्तैमा रोक्न ‘प्लेयर अफ द म्याच’ ललित राजवंशीले उत्कृष्ट प्रदर्शन गरे।

उनले ८ ओभर बलिङ गर्दै मात्र ३२ रन खर्चेर ४ महत्त्वपूर्ण विकेट लिए। ललितलाई सन्दीप लामिछानेले बलियो साथ दिए। सन्दीपले १० ओभरमा ४७ रन खर्चेर ३ विकेट चट्काए।

त्यस्तै सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले १-१ विकेट हात पारे। नन्दनले ४.१ ओभरमा मात्र १७ रन खर्चेर कसिलो बलिङ गरे।

स्कटल्यान्डका लागि ब्रान्डन म्याकमुलनले आक्रामक ब्याटिङ गर्दै ४४ बलमा ७३ रन जोडे। उनले ६ चौका र ६ छक्का प्रहार गरेका थिए।

त्यस्तै, माइकल इङ्लिसले ७२ बलमा ५१ रनको योगदान दिए। ओपनर जर्ज मुन्सेले २१ र मार्क वाटले २० रन बनाए पनि अन्य ब्याटर नेपाली बलरसामु टिक्न सकेनन्।

कप्तान रिची बेरिङ्टन १२ रनमा ललितको बलमा बोल्ड भए।

१९५ रनको लक्ष्य पछ्याएको नेपालको सुरुवात राम्रो रह्यो। ओपनर आसिफ शेखले १७ बलमा २९ रनको भुमरी इनिङ्स खेले भने कुशल भुर्तेलले २७ बलमा २८ रन जोडे। कुशल २ चौका र १ छक्का प्रहार गर्दै एलबीडब्लू धरापमा परेका थिए।

तेस्रो विकेटका लागि कप्तान रोहित पौडेल र इशान पाण्डेले शतकीय साझेदारी गर्दै जितको आधार तयार पारे। इशानले ६१ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ५५ रन बनाए।

कप्तान रोहितले संयमित ब्याटिङ गर्दै ९८ बलमा ५ चौका र २ छक्काको सहयोगमा अविजित ७४ रनको योगदान दिए। दीपेन्द्र सिंह ऐरी २ रनमा आउट भए भने आरिफ शेख ८ रनमा अविजित रहे।

स्कटल्यान्डका तर्फबाट मार्क वाटले १० ओभरमा ५८ रन खर्चेर २ विकेट लिए भने ब्रान्डन म्याकमुलनले ३ ओभरमा ५ रन खर्चेर १ विकेट लिए। ब्राड कुरी, ओलिभर डेभिडसन र माइकल लीस्क विकेटविहीन बने। आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेलमा नेपालले स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार सम्पन्न खेलमा ललित राजवंशीको घातक बलिङ र कप्तान रोहित पौडेलको अविजित अर्धशतकको मद्दतले नेपालले ७१ बल बाँकी छँदै सहज जित दर्ता गरेको हो।

स्कटल्यान्डले प्रस्तुत गरेको १९५ रनको लक्ष्य नेपालले ३८.१ ओभरमा मात्र ४ विकेट गुमाएर १९९ रन बनाउँदै पूरा गर्‍यो। नेपालको जितमा कप्तान रोहित पौडेल र इशान पाण्डेको ब्याटिङ तथा ललित राजवंशीको बलिङ मुख्य आधार बन्यो।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्ड ३९.१ ओभरमा १९४ रनमा समेटिएको थियो। स्कटल्यान्डलाई सस्तैमा रोक्न ‘प्लेयर अफ द म्याच’ ललित राजवंशीले उत्कृष्ट प्रदर्शन गरे।

उनले ८ ओभर बलिङ गर्दै मात्र ३२ रन खर्चेर ४ महत्त्वपूर्ण विकेट लिए। ललितलाई सन्दीप लामिछानेले बलियो साथ दिए। सन्दीपले १० ओभरमा ४७ रन खर्चेर ३ विकेट चट्काए।

त्यस्तै सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले १-१ विकेट हात पारे। नन्दनले ४.१ ओभरमा मात्र १७ रन खर्चेर कसिलो बलिङ गरे।

स्कटल्यान्डका लागि ब्रान्डन म्याकमुलनले आक्रामक ब्याटिङ गर्दै ४४ बलमा ७३ रन जोडे। उनले ६ चौका र ६ छक्का प्रहार गरेका थिए।

त्यस्तै, माइकल इङ्लिसले ७२ बलमा ५१ रनको योगदान दिए। ओपनर जर्ज मुन्सेले २१ र मार्क वाटले २० रन बनाए पनि अन्य ब्याटर नेपाली बलरसामु टिक्न सकेनन्।

कप्तान रिची बेरिङ्टन १२ रनमा ललितको बलमा बोल्ड भए।

१९५ रनको लक्ष्य पछ्याएको नेपालको सुरुवात राम्रो रह्यो। ओपनर आसिफ शेखले १७ बलमा २९ रनको भुमरी इनिङ्स खेले भने कुशल भुर्तेलले २७ बलमा २८ रन जोडे। कुशल २ चौका र १ छक्का प्रहार गर्दै एलबीडब्लू धरापमा परेका थिए।

तेस्रो विकेटका लागि कप्तान रोहित पौडेल र इशान पाण्डेले शतकीय साझेदारी गर्दै जितको आधार तयार पारे। इशानले ६१ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ५५ रन बनाए।

कप्तान रोहितले संयमित ब्याटिङ गर्दै ९८ बलमा ५ चौका र २ छक्काको सहयोगमा अविजित ७४ रनको योगदान दिए। दीपेन्द्र सिंह ऐरी २ रनमा आउट भए भने आरिफ शेख ८ रनमा अविजित रहे।

स्कटल्यान्डका तर्फबाट मार्क वाटले १० ओभरमा ५८ रन खर्चेर २ विकेट लिए भने ब्रान्डन म्याकमुलनले ३ ओभरमा ५ रन खर्चेर १ विकेट लिए। ब्राड कुरी, ओलिभर डेभिडसन र माइकल लीस्क विकेटविहीन बने।