काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले अर्थपूर्ण र परिणाममुखी एकता नेकपा एमालेसँगै हुने दावी गर्नुभएकाे छ।
कर्णाली प्रदेशको प्रशिक्षण कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै संयोजक दाहालले यस्ताे दावी गर्नुभएकाे हाे । अहिलेको अवस्थामा अर्थपूर्ण र परिणाममुखी एकता नेकपा एमालेसँगै हुने उहाँकाे जिकिर छ ।
उहाँले भन्नुभभयाे,- ‘कम्युनिस्ट आन्दोलनको एकता गरेर जानुपर्दछ । वामपन्थी आन्दोलन यो चुनावपछि पक्कै पनि धक्का खाएको छ । एकताको आवश्यकता देखिएको भनेर नीतिगत निर्णय पनि हामीले गरेका छौँ । सहकार्य गर्दै समझदारी बढाउँदै विश्वास बढाउँदै एउटा विन्दुमा ध्रुवीकरण हुनुपर्छ भन्ने हाम्रो धारणा छ ।’
संयोजक दाहालले विभिन्न वामपन्थी समूह र नेताहरूसँग औपचारिक तथा अनौपचारिक रुपमा छलफल भइरहेको समेत बताउनुभयाे । तत्काल एउटै पार्टी बन्ने अवस्था भने नरहेको उहाँको धारणा छ ।










प्रतिक्रिया दिनुहोस्