बिराज रोस्यारा,धनगढी । जनप्रतिनीधिहरुले राज्य कोषबाट अनावश्यक सेवा–सुविधा लिएको भन्दै चर्को आलोचना भइरहेका बेला, धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले भने एउटा फरक र उदाहरणीय बाटो रोज्नुभएको छ ।
राजनीतिलाई कमाउने माध्यम बनाउने प्रवृत्तिका बीच, आफूले पाउने सम्पूर्ण तलब–सुविधा विपन्नको शिक्षा र सामाजिक सेवामा खर्चिएर उहाँले नयाँ मानक स्थापित गर्नुभएको हो । व्यवसाय र समाजसेवामा पहिले नै स्थापित गोपाल हमालले धनगढीको मेयरमा निर्वाचित भएलगत्तै सरकारी सेवा सुविधा नलिने घोषणा गर्नुभएको थियो ।
यो घोषणा केवल सस्तो लोकप्रियताका लागि थिएन भन्ने प्रमाण उहाँले आफ्नो कार्यकालभरिको खर्च विवरणबाट पुष्टि गरिरहनुभएको छ । हमालले हालसम्म राज्यबाट प्राप्त २३ लाख ९७ हजार रुपैयाँभन्दा बढी रकम शिक्षा र असहायको सहयोगमा खर्च गरिसक्नुभएको छ ।










प्रतिक्रिया दिनुहोस्