काठमाडाैं । नेपाली काँग्रेसका सभापति गगन थापाले पार्टीमा देखिएको विवाद समाधानको लागि आफूले कोशिस गरिरहेको बताउनुभएको छ ।
प्रजातान्त्रिक विचार समाज, नेपालको साधारणसभामा बोल्दै उहाँले पार्टीभित्र देखिएको समस्या समाधान गर्नको लागी लचिलो हुन तयार रहेको बताउनुभएको हो । उहाँले १४ औँ महाधिवेशनबाट केन्द्रिय समितिमा निर्वाचित नेताहरूलाई पुनः जिम्मेवारीमा ल्याउन तयार रहेको बताउनुभयो ।
महाधिवेशनबाट निर्वाचित धेरै अग्रज नेताहरू हाल केन्द्रिय समितिबाट बाहिर रहेको उल्लेख गर्दै उहाँले सबै नेताहरुसंग मिलेर काम गर्न चाहेको बताउनु भयो । उहाँले पार्टीमा विशेष मधिवेशन पक्षधर र विशेष मधिवेशन विपक्षी भनेर कसैलाई पनि भेदभाव नगरि सबैलाई समान अवसर दिने प्रश्ताव गरेको बताउनुभयो ।
उहाँले पार्टीको विवाद समाधान गर्नको लागि पटक पटक छलफल गरिरहेको भएपनि सदस्यता अध्यावधिक प्रक्रियालाई लिएर पार्टीभित्रै विरोधको लहर चलाइएकोप्रति असन्तुष्टी जनाउनुभयो । देशभरका काँग्रेस सदस्यलाई फोन, मेसेन्जर, कम्प्युटर वा वडा कार्यालयमार्फत सदस्यता नवीकरण गर्न आग्रह भइरहेका बेला केही नेताहरूले अध्यावधिक नगर्न उक्साइरहेको उहाँको आरोप छ ।
उहाँले सबै नेताहरुलाई सदस्यता अध्यावधिक गर्ने कार्यमा सहयोग गर्न आग्रह गर्नुभयो। पार्टीमा एकताबद्ध कायम राख्न सबैले आ–आफ्नो भुमिका निर्वाह गर्नुपर्ने उहाँको भनाई छ । काँग्रेसले एकजुट भएर गुमेको १० लाख शुभेच्छुक र समर्थकको मत पुन फिर्ता गर्ने गरि काम गर्नुपर्ने बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्