Logo २ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026


सप्तरीमा १४१ किलो गाँजासहित दुई पक्राउ


0
Shares

काठमाडाैं ।

सप्तरीको खडक नगरपालिका–५ रञ्जितपुरबाट प्रहरीले १४१ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी गाउँपालिका–१ का ३१ वर्षीय महाप्रसाद लिम्बु र मोरङको लेटाङ नगरपालिका–५ का ४७ वर्षीय बलबहादुर लिम्बु रहेका छन्।

प्रहरी चौकी विसनपुरबाट खटिएको टोलीले धरानबाट लहानतर्फ जाँदै गरेको को १ च २६६७ नम्बरको पिकअप भ्यान जाँच गर्दा फल्स बटम बनाएर लुकाइएको १४ पोका गाँजा फेला पारेको हो।

गाँजा बरामद भएपछि दुवै जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।