Logo २९ बैशाख २०८३, मंगलबार | Tue May 12 2026


नेपाल भित्रिने रेमिट्यान्स अहिलेसम्मकै उच्च विन्दुमा पुग्याे

९ महिनामा १६ खर्ब ५९ अर्ब रूपैयाँ रेमिट्यान्स भित्रियो

0
Shares

काठमाडाैं । नेपाल भित्रिने रेमिट्यान्स अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा १६ खर्ब ५९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको जनाएकाे हाे ।रेमिट्यान्स आप्रवाह ३९ दशमलव १ प्रतिशतले वृद्धि भएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्षको ९ महिना अर्थात गत चैतसम्मको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार गत वर्षको साेहीअवधिमा रेमिट्यान्स आप्रवाह १० दशमलव २ प्रतिशतले बढेको थियो ।

गत चैतमा रेमिट्यान्स आप्रवाह दुई खर्ब ९ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या दुई लाख ९४ हजार १ सय ८६ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या दुई लाख ९३ हजार २ सय ५९ रहेको हाे ।

गत चैत महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४ दशमलव ४७ प्रतिशत र आर्थिक वर्ष २०८२/८३ को नौ महिनाको औसत उपभोक्ता मुद्रास्फीति २ दशमलव ३९ प्रतिशत रहेको छ । कूल विदेशी विनिमय सञ्चिति ३४ खर्ब ९४ अर्ब ७३ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएकाे हाे ।