इन्द्र गिरी (इमेज)
संखुवासभा, असोज ११ । जिल्ला प्रहरी कार्यालय संखुवासभाले जिल्लामा कार्यरत् दुई सुरक्षाकर्मीलाई बलात्कारको आरोपमा निलम्बन गरेको छ ।
निलम्बन हुनेमा प्रहरी सहायक निरीक्षक धनराज खतिवडा र प्रहरीजवान मिक्मा शेर्पा छन् ।
बलत्कारको आरोपमा पक्राउ परेका शेर्पा पूर्व क्षेत्रीय दंगा नियन्त्रण प्रहरी गण दुबही, सुनसरी दरबन्दी भइ हाल इलाका प्रहरी कार्यालय हेदाङ्नामा कार्यरत् थिए ।
उनलाई एक १६ वर्षीया युवतीको उजुरीका आधारमा पक्राउ गरिएको जनाइएको छ ।
यस्तै, इलाका प्रहरी कार्यालय आखीभुइँ दरबन्दी रहेका सहायक निरीक्षक खतिवडा भने एक महिनाअगाडि एक महिलालाई बलत्कार गरेको आरोपमा पक्राउ परेकामा जिल्ला अदालत संखुवासभाबाट धरौटीमा छुटेका छन् ।
उनीहरु दुवैजनालाई प्रहरी सेवाबाट निलम्बन गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्