काठमाडाैं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।
बिहीबार बिहान बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र कोशी प्रदेशको हिमाली प्रदेशमा साधारणतया बादल तथा बाँकी भू-भागमा आंशिक बादल लागेको हाे। गण्डकी, लुम्बिनी, बागमती, कर्णाली र कोशी प्रदेशको केही मेघगर्जन-चट्याङ हल्कादेखि मध्यम वर्षा भईरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
त्यस्तै, बिहीबार दिउँसो भने देशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लाग्ने भएकाे हाे। साथै राई भू-भागमा भने आंशिक बादल लाग्नेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको हिमाली तथा पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन-चट्याङ्गसहितकाे मध्यमसम्मको वर्षा-हिमपात हुने भएकाे हाे । साथै बाँकी तराई भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहितकाे हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।
त्यस्तै, बिहीबार राति भने कोशी प्रदेश देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्ने भएकाे हाे । साथै बाँकी भू-भागमा भने आंशिक बादल लाग्नेछ। कोशी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहितकाे मध्यम वर्षा हुने भएकाे छ।
मधेश र बाँकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहितकाे हल्का वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे हाे ।










प्रतिक्रिया दिनुहोस्