Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


प्रधानमन्त्रीले आफ्ना मान्छेलाई प्रधानन्यायाधीश बनाउन अनेक जालझेल गर्दैछन्ः गगनकुमार थापा


1.7k
Shares

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र साहले आफ्नो मान्छेलाई प्रधानन्यायाधीश बनाउनका लागि अनेक जालझेल गरिरहेको आरोप लगाउनुभएको छ ।

बुधवार पार्टी संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले प्रधानमन्त्री साहले आफ्नो मान्छेलाई प्रधानन्यायाशी बनाउनका लागि संवैधानिक परिषद् सम्बन्धि अध्यादेश ल्याएको जिकिर समेत गर्नुभयो ।

संसदको अधिवेशन आह्वान गर्ने र संसदको अधिवेशन बन्द गर्ने सो खेल सरकारले आफ्नो मान्छेलाई प्रधानन्यायाधीश बनाउनका लागि रचिएको प्रपञ्च भएको सभापति थापाको भनाई छ । उहाँले प्रधानमन्त्री साहले संवैधानिक परिषद्माथि आफ्नो नियन्त्रण कायम गर्न सो सम्बन्धि कानून अध्यादेशमार्फत संशोधन गराएको पनि बताउनु भयो । प्रधानमन्त्री साहले आफ्नो मान्छेलाई प्रधानन्यायाधीश बनाउने कुरा आफ्नो पार्टीलाई मान्य नहुने चेतावनी समेत सभापति थापाले बताउनु भयो ।

बिहीवार भोली अपरान्ह ५ बजे संवैधानिक परिषद्को बैठक प्रधानमन्त्री साहले बोलाउनुभएको छ । सभापति थापाले प्रधानन्यायाधीश आफनालाई बनाउनका लागि प्रधानमन्त्रीले सो बैठक बोलाउनुभएको भन्दै त्यस्ता खालका जालझेल आपत्तिजनक रहेको बताउनु भयो ।