Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


मधेश प्रदेशमा फेरि सत्ता समीकरणको खेल


364
Shares

काठमाडौं ।

मधेश प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकार ढल्ने निश्चित देखिएको छ ।

मूख्यमन्त्री कृष्णप्रसाद यादवको पद धरापमा परेसँगै मधेश प्रदेशमा फेरि सत्ता समीकरणको खेल पनि शुरु भएको छ । मूख्यमन्त्री यादवलाई समर्थन गर्दै आएका जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र एमाले समर्थन फिर्ता लिने तयारी गरेको बुझिएको छ ।

ती दलहरुले समर्थन फिर्ता लिने निर्णय गरिसकेको र आजै मधेश प्रदेशका प्रमुखको कार्यालयमा बुझाउने तयारी गरिरहेको बताइएको छ ।

मधेश प्रदेश सरकारमा सत्ता साझेदारी गरेको जनमत पार्टीले समर्थन फिर्ता लिइसकेको छ । मूख्यमन्त्री यादवलाई कांग्रेसका २२, जसपा नेपालका १८ र लोसपाका २६, जनमतका १२, नेकपाका १५ र एमालेका २४ सांसदको समर्थन रहेको थियो ।

एमाले बाहेक अरु दल भने सरकारमा सहभागी थिए । मधेश प्रदेश सभामा १०१ सदस्य कायम रहेकाले नयाँ सरकार गठनका लागि ५१ जनाको समर्थन चाहिन्छ ।