Logo ७ जेष्ठ २०८३, बिहिबार | Fri May 22 2026


एकल महिलाले अर्को विवाह गरेमा पूर्व श्रीमानबाट लिएकाे सम्पत्ति फिर्ता गर्नुपर्ने कानूनी व्यवस्था खारेज


3k
Shares

काठमाडाैं । सर्वोच्च अदालतले एकल महिला (विधवा) ले अर्को विवाह गरेमा पूर्वश्रीमानबाट लिएको सम्पत्ति फिर्ता गर्नुपर्ने कानूनी व्यवस्था खारेज गरेको छ ।

कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुयाँल, डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदीको संवैधानिक इजलासले साेमबार मुलुकी देवानी संहिता ऐन, २०७४ को दफा २१४(२) मा भएको व्यवस्था खारेज गरेको हो । मुलुकी देवानी संहिता, २०७४ को दफा २१४(२) मा ‘विधवाले अर्को विवाह गरेमा निजले अंश बापत पाएको सम्पत्ति त्यस्तो विधवाको अघिल्लो पति तर्फका छोराछोरी भएमा त्यस्ता छोराछोरीले र नभएमा निज आफैंले लिन पाउने’ व्यवस्था रहेको छ ।

महिला कानून र विकास मञ्चको तर्फबाट वरिष्ठ अधिवक्ता मीरा ढुङ्गानाले नेपालको संविधानमा भएको समानताको हक प्रतिकूल भएको उल्लेख गर्दै दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले व्यवस्था खारेज गरेको हो ।