Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


आईपीएल क्रिकेटमा मुम्बई इन्डियन्सकाे लखनउ जाइन्टसमाथि जित

आईपीएल क्रिकेटमा आज दिल्ली क्यापिटल्स र चेन्नई सुपर किङ्ग्सबीच प्रतिस्पर्धा हुने

312
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले लखनउ सुपर जाइन्टसलाई ६ विकेटले पराजित गरेकाे छ।

वानखेडेमा साेमबार राति भएकाे खेलमा लखनउले दिएको २ सय २९ रनको लक्ष्य घरेलु टोली मुम्बईले १८ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गरेकाे हाे । त्यसअघि टस हारेर ब्याटिङ गरेको लखनउले ५ विकेट गुमाएर २२८ रन बनाएको थियो ।

आईपीएलमा मुम्बई १० खेलमा ६ अंकका साथ तालिकाको नवौं स्थानमा छ । लखनउ भने ९ खेलमा ४ अंकका साथ तालिकाको पुछारमारहेकाे हाे । साथै आईपीएल क्रिकेटमा मंगलबार राति पौने ८ बजे दिल्ली क्यापिटल्स र चेन्नई सुपर किङ्ग्सबीच प्रतिस्पर्धा हुने भएकाे छ।