Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


रोल्पा जीप दुर्घटना : एकै परिवारका ६ जनाको सामूहिक अन्त्येष्टि


260
Shares

काठमाडौं । रोल्पाको थपाङ गाउँपालिकास्थित जलजलामा भएको जीप दुर्घटनामा ज्यान गुमाएका रुकुम पूर्वका एकै परिवारका ६ जनाको सामूहिक दाहसंस्कार गरिएको छ।

सानीभेरी नदी किनार धाउने बगरमा आज अन्त्येष्टि गरिएको हो। मृतक सिस्ने गाउँपालिका–६ टाकुराका २८ वर्षीया युवा बुढाथोकी, उनका १० वर्षीय छोरा दिव्यान बुढाथोकी, ५३ वर्षीया सासुआमा तिलकुमारी बुढाथोकी, ३२ वर्षीय देवर गोर्खबहादुर बुढाथोकी, ४० वर्षीया कान्छी सासुआमा ओमकुमारी बुढाथोकी र ओमकुमारीका १३ वर्षीय छोरा सुदीप बुढाथोकी रहेका छन्।

मृतकका श्रीमान् दीपक बुढाथोकी विदेशबाट फर्किएपछि आज अन्त्येष्टि गरिएको सिस्ने गाउँपालिकाले जनाएको छ।

पूर्णिमाको पूजा गर्न जलजला गएका उनीहरू सवार जीप दुर्घटनामा पर्दा २० जनाको ज्यान गएको थियो भने एक जना घाइते भएका थिए। यसअघि १४ जनाको अन्त्येष्टि भइसकेको थियो।