Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


सरकारले सुकुम्बासी नागरिकलाई युद्ध अपराधी जस्तो व्यवहार गर्‍यो: सभापति थापा

वास्तविक सुकुम्बासीको पहिचान नै नगरी डोजर लगाएकोप्रति आपत्ति

247
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सुकुम्बासीलाई सरकारले युद्ध अपराधी जस्तो व्यवहार गरेको बताउनुभएकाे छ।

काठमाडाैंमा शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । वास्तविक सुकुम्बासीको पहिचान नै नगरी डोजर लगाएकोप्रति उहाँले आपत्ति जनाउनुभएकाे छ।

उहाँले भन्नुभयाे,-‘अहिले काठमाडौंका बस्तीमा डोजर चलिरहेको छ। नदिकिनारमा बसेका केही मान्छेहरू राज्यलाई ढाँट छल गरेर, बाहिर घरजग्गा भएका मानिसहरू पनि छन्। उनीहरुलाई पहिचान गरेर दण्ड दिएर हटाउने व्यवस्था कानूनले नै सरकारलाई जिम्मेवारी दिइएको छ।’

सरकारले कानूनको परिधिभित्र रहेर सुकुम्वासी व्यवस्थापन गर्नुपर्नेमा सभापित थापाले जाेड दिनुभयाे।