Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


म्यानमानरकी नेतृ सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो


0
Shares

एजेनसी । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेतृ आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ ।

थुनामा रहेकी ८० वर्षीय नेतृ सूकीलाई घरमा नजरबन्दमा सारिनुका साथै उहाँको सजायलाई घटाएर १८ वर्ष बनाएको सैन्य सरकारले जनाएकाे हाे । सैन्य प्रमुख मिन आङ लाइङले आङसाङको बाँकी सजाय घरमै पूरा गर्ने आदेश दिएको बताउनुभएको छ ।

नेतृ सुकीलाई सुनाइएको ३३ वर्षको सजायलाई पटक-पटक कटौती गरिएको हाे । त्यहाँको सरकारी सञ्चारमाध्यमले नोबेल शान्ति पुरस्कार विजेता सूकीलाई दुई जना सैनिक पोसाक लगाएका व्यक्तिका सामुन्ने बसिरहेको एउटा तस्बिर पनि प्रसारण गरेका छन् । सन् २०२१ मा सूकीको सरकारलाई सैन्य कूबाट अपदस्थ गरिएको थियो । त्यसयता सूकीलाई थुनामा राखिएको थियो ।

तर छोरा किम एरिसले शंका व्यक्त गर्दै आफ्नी आमा जीवित रहे या नरहेको प्रमाण आफूले नपाएको बताएकाे बीबीसीले जनाएको छ । सन् १९९१ मा नेतृ सुकीले नोबेल शान्ति पुरस्कार प्राप्त गर्नुभएको थियो ।