Logo २९ बैशाख २०८३, मंगलबार | Wed May 13 2026


जनताको मन दुखाउने काम गरे सरकारको कडा रुपमा प्रतिवाद गर्छौंः भिष्मराज आङदेम्बे


260
Shares

काठमाडाैं । नेपाली काँग्रेसका नवनिर्वाचित संसदीय दलका नेता भिष्मराज आङदेम्बेले सरकारले जनताको मन दुखाउने काम गर्ने कडा रुपमा प्रतिवाद गर्ने चेतावनी दिनुभएको छ ।

सोमवार काँग्रेस संसदीय दलको नेतामा सर्वसम्मत रुपमा चयन भएलगत्तै उहाँले सञ्चारकर्मीहरुमाझ सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । सरकारले राम्रो काम गरे समर्थन र नराम्रो काम गरेर काँग्रेसले प्रमुख प्रतिपक्ष दलको रुपमा कडा रुपमा प्रतिवाद गर्ने नेता आङदेम्बेको कार्ययोजना थियो ।

उहाँले लोकतन्त्रमा संसद प्रतिपक्षको हुने उल्लेख गर्दै त्यसमा जिम्मेवार दलको हैसियतमा काँग्रेस प्रस्तुत हुने समेत बताउनु भयो । उहाँले भन्नुभयो, ‘हामीले सरकारको राम्रो कामको समर्थन र जनताले मन दुखाउने खालको काम राज्यबाट भयो वा देखियो भने हामी त्यसको सशक्त रुपमा प्रतिवाद गर्दछाैँ । विशेष गरेर हामीले अपनाएको प्रणाली विशेष गरेर लोकतन्त्रमा संसद प्रतिपक्षको हुन्छ । र प्रतिपक्षको जिम्मेवारी विशेष गरी तपाईहरु सामिप्यतामा रहेर धेरै कुराहरु तपाईबाट लिएर हामी काम गर्नेछौँ । र मुलुकलाई पार्र्टीले लिएको नयाँ अवधारणाअनुसार अघि बढाउन काम गर्नेछु ।’

नेता आङदेम्बेले मुलुकलाई नयाँ ढंगले अघि बढाउने गरी पार्टीले नयाँ अवधारणा ल्याएको दावी गर्दै त्यसलाई अघि बढाउन पनि आफू लागिपर्ने बताउनुभयो ।