पोखरा । ३९ औं विश्व पर्यटन दिवसको अवसरमा पोखरामा विभिन्न कार्यक्रम गरी पर्यटन दिवस मनाइएको छ ।
पर्यटनसँग सम्बन्धीत विभिन्न संघसंस्थाहरुले पोखरा विमानस्थलमा पहिलो पटक आएका पर्यटकलाई स्वागत गरेका छन् ।
बुद्ध एयरलाइन्स काठमाडौं मार्फत पोखरा आएका विदेशी र आन्तरिक पर्यटकहरुलाई पञ्चे बाजा, फुलमाला सहित स्वागत गर्दा पर्यटकहरु नेपालीहरुसँग रमाइ–रमाई नाचेका थिए ।
त्यस्तै गरी काठमाडौंबाट पोखरा आएका पर्यटन बसबाट पहिला आउनेलाई यात्रु समेत सम्मान गरीएको छ । सुर्याेदय अवलोकन काहुँडाँडामा पुगेर पर्यटकलाई स्वागत गरेका थिए ।
यता रेवान पोखराले साँझका लागि पनि लेकसाइडमा एक दिने मिनी सडक महोत्सव आयोजना गरेको छ ।
पोखराको बाराहीघाट देखि खहरे सम्मको करिव ३ किलोमिटरको बाटो बन्द गरेर सम्पूर्ण रेष्टुराहरु सडकमा राखेका महोत्सव मनाउने छ ।
सडकमै विभिन्न साँस्कृतिक कार्यक्रमको आयोजना गरेर पर्यटकलाई मनोरञ्जन दिने छ ।
नेपाल आउने पर्यटकमध्ये ४० देखि ६० प्रतिशत पर्यटकहरु पोखरा र अन्नपूर्ण पद यात्राका लागि आउने गरेका छन् भने पर्यटनको मौसम सुरु भएसम्मै पोखराका होटलहरु भरिभराउन हुन समेत सुरु भएका छन ।
प्रतिक्रिया दिनुहोस्