Logo १४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026


आईपीएल क्रिकेटमा कोलकता र गुजरात विजयी

लखनउ सुपर जायन्ट्स र चेन्नाई सुपर किंग्सकाे भने लज्जास्पद हार

117
Shares

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकता नाइट राइडर्स र गुजरात टाइटान्स विजयी भएका छन् ।

भारतकाे लखनउमा आइतबार राति भएको खेलमा भ्रमणकारी टोली कोलकताले लखनउ सुपर जायन्ट्सलाई सुपर ओभरमा पराजित गरेको हो । खेलमा पहिले व्याटिङ गरेको कोलकताले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५५ रन बनायो ।

जवाफमा लखनउले पनि २० ओभरमा ८ विकेट गुमाएर १ सय ५५ रन नैं बनाएपछि खेल टाई भएको हो । यसपछि सुपर ओभरमा लखनउले तीन बलमा १ रन मात्रै जोड्दा दुई विकेट गुमायो । कोलकताले पहिलो बलमै चौका प्रहार गर्दै खेल जितेको छ।

आईपीएल क्रिकेटमा आइतबारै भएको अर्को खेलमा गुजरात टाइटान्सले चेन्नाई सुपर किंग्सलाई ८ विकेटले पराजित गरेकाे हाे । आईपीएलमा साेमबार दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलाेर भिड्ने भएका छन्। खेल साेमबार राति पौने ८ बजेदेखि दिल्लीमा हुने भएकाे हाे।