Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


गोकर्णेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु


364
Shares

काठमाडौं । गोकर्णेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।

काठमाडौँको गोकर्णेश्वर नगरपालिका–४ तालिन चोकस्थित सडकमा बा।प्र।०२–०५५प २१२७ नम्बरको मोटरसाइकल शुक्रबार राति दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

नाम, थर र वतन नखुलेका अन्दाजी २५ वर्षीय युवकको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो ।