Logo २९ बैशाख २०८३, मंगलबार | Wed May 13 2026


कैलालीको होटलमा आगलागी, एक जनाको मृत्यु


156
Shares

काठमाडाैं । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखड बजारस्थित एक होटलमा गएराति आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। बिबेक रेस्टुरेन्ट एण्ड लजमा मध्यराति आगलागी हुँदा डडेल्धुराको आलिताल गाउँपालिकाका मीनबहादुर बोहराको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार राति करिब पौने १ बजे उनी सुतिरहेको कोठाबाट आगलागी सुरु भएको हो। घोडाघोडी नगरपालिकाको दमकल, प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो।

प्रारम्भिक अनुसन्धानमा लामखुट्टे भगाउन बालिएको अण्डाको क्रेटबाट आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ भने मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।